after_navbar

उपमहानगरपालिकाद्वारा प्रहरीलाई ब्रेथलाइजर मेसिन


११ घण्टा अगाडि


दाङ,२६ माघ । तुलसीपुर उपमहानगरपालिकाले मादक पदार्थ सेवन ९मापसे० गरी सवारी साधन चलाउने चालकको चेकजाँचलाई प्रभावकारी बनाउन प्रहरीलाई ब्रेथलाइजर मेसिन उपलब्ध गराएको छ । उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय तुलसीपुरलाई उक्त मेसिन हस्तान्तरण गरिएको हो ।

ad

उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र बजारको शान्ति–सुरक्षालाई थप मजबुत बनाउन प्रहरीलाई सहयोग गरिएको बताए। तुलसीपुर क्षेत्रमा बढ्दै गएको सवारी दुर्घटनालाई नियन्त्रण गर्न र मापसे गरी सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्न ब्रेथलाइजर मेसिन उपयोगी हुने उनको भनाइ छ ।

यसैबीच इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी होमबहादुर पराजुलीले गत भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनका क्रममा ब्रेथलाइजर मेसिन जलेपछि उपमहानगरपालिकाले नयाँ मेसिन उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरे।

डिएसपी पराजुलीका अनुसार पछिल्लो समय तुलसीपुर क्षेत्रमा सवारी दुर्घटनाको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको हालसम्म मात्रै सवारी दुर्घटनामा १४ जनाको मृत्यु भइसकेको उनले जानकारी दिए ।

विशेषगरी मापसे गरी सवारी चलाउने चालकको संख्या बढी भएकाले ब्रेथलाइजर मेसिनले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="