after_navbar

बोलेरो जिप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, तीन घाइते


१ घण्टा अगाडि


दाङ,२८ माघ। डबल क्याप बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

ad

पूर्वी रुकुमबाट दाङको तुलसीपुरतर्फ जादै गरेको ग १ ज ५६६१ नम्बरको डबल क्याप बोलेरो जिप बुधबार बिहान तुलसीपुर–कपुरकोट सडकखण्ड अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै दुर्घटनामा परेको हो।

दुर्घटनामा परी जिप चालक रुकुम पूर्वको सिस्ने गाउँपालिका–४ का ३४ वर्षीय विजय बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिपमा चालकसहित चार जना सवार रहेका थिए। दुर्घटनामा एक बालकसहित दुई महिला घाइते भएका छन्। कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीका अनुसार घाइते तीन जनाको उद्धार गरी उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ।

जिप सडकबाट करिब २ सय मिटर तल खसेको बताइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="