after_navbar

मतपत्र ढुवानी सुरु: आइतबारसम्म छपाई सकिने


११ घण्टा अगाडि


काठमाडौँ,१ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ। मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले काम तीव्र गतिमा अघि बढाएको जनाएको छ।

ad

केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार दैनिक १२ देखि १५ लाखसम्म मतपत्र छापिँदै आएको छ। कुल २ करोड ३ लाख मतपत्र छपाइ गर्नुपर्नेमा हालसम्म १ करोड ७३ लाख मतपत्र छपाइ सम्पन्न भइसकेको छ। बाँकी ३० लाख मतपत्र आइतबारसम्म छपाइ सकिने उनले जानकारी दिए।

उनका अनुसार छपाइ सम्पन्न भएका जिल्लाका मतपत्रहरू नेपाली सेनामार्फत ढुवानी सुरु गरिएको छ। हालसम्म ५८ जिल्लाअन्तर्गत १ सय २४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भई सम्बन्धित जिल्लातर्फ पठाउने कार्य जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="