after_navbar

पश्चिमी वायुको प्रभावः देशभर आंशिक बदली


फागुन ०२, २०८२


काठमाडौँ,२ फागुन। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविद्हरूले बताएका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक बदली रहेको छ।

ad

आज बिहान तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। ती क्षेत्रमा दिउँसोसम्म हुस्सुरकुहिरो कायमै रहने अनुमान गरिएको छ, जसका कारण दैनिक जनजीवन र यातायात प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="