after_navbar

९५५ केजी गाँजासहित दुई जना पक्राउ


१७ घण्टा अगाडि


काठमाडौं,५ फागुन । प्रहरीले ९५५ केजी गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले धरान उपमहानगरपालिका–२० बरडाँडाबाट उनीहरूलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालयको टोलीले प्रहरी नायब उपरीक्षक भिषणबाबु राईको कमाण्डमा गए राति धनकुटाबाट धरानको विष्णुपादुकातर्फ जादै गरेका दुई वटा पिकअप गाडी जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो।

ad

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार बारा कोल्बी नगरपालिका–८ का सन्दीपकुमार माझीले चलाएको बागमती प्रदेश–०१–०२७च ११४३ नम्बरको पिकअप गाडीबाट ४९५ केजी र चन्द्रागिरी नगरपालिका–८ का ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठले चलाएको बीएसी ३२३६ नम्बरको गाडीबाट ४६० केजी गाँजा बरामद गरिएको हो।

पक्राउ परेका दुवै जनालाई सवारीसाधनसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="