after_navbar

पैदलयात्रीमाथि कुटपिट गर्ने चालक पक्राउ


१२ घण्टा अगाडि


काठमाडौं,५ फागुन । पैदलयात्रीमाथि कुटपिट गर्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ । संघीय राजधानीस्थित चप्पल कारखाना क्षेत्रमा सडक पार गरिरहेका एक पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने कार चालकलाई प्रहरीले पक्राउ गरेको छ।

ad

घटना सम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले सक्रियता देखाउँदै चालकलाई नियन्त्रणमा लिएको हो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पक्राउ परेका चालकलाई थप अनुसन्धानका लागि रामशाहपथस्थित कार्यालयमा राखिएको छ।

सार्वजनिक भिडियोमा ती चालक कारबाट ओर्लिएर पैदलयात्रीलाई गालीगलौज गर्दै मुक्का प्रहार गरेको देखिन्छ। सोही क्रममा एक महिलाले पनि पैदलयात्रीलाई अपशब्द प्रयोग गरेको सुनिन्छ।

घटनाको भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो र कारबाहीको माग उठेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="