काठमाडौ,७ फागुन । निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक अस्थायी मतदाता नामावली संकलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित बनाउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ।
आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी उक्त कार्यविधि निर्माण गरी लागू गरेको जनाएको छ। कार्यविधिअनुसार आयोगले स्थायी मतदाता नामावली संकलन गर्ने कार्यक्रमसहितको सूचना प्रकाशन गर्नेछ। आवश्यकताअनुसार उक्त सूचना राष्ट्रियस्तरका सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ।
नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारी, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थाका कर्मचारी, सेना, प्रहरी, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, साथै संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको नाम स्थायी मतदाता नामावलीमा समावेश हुने व्यवस्था कार्यविधिमा गरिएको छ।
आयोगका अनुसार कुनै व्यक्तिको नाम छुटेको वा मतदाताको नाम तथा विवरणमा त्रुटि भएमा सम्बन्धित व्यक्तिले प्रमाणसहित प्रमुख नाम दर्ता अधिकारीसमक्ष निवेदन दिई आफ्नो नाम समावेश गराउन वा त्रुटि सच्याउन सक्नेछन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस