काठमाडौं,७ फागुन। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। काठमाडौँस्थित राष्ट्रिय सभागृहमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईँको प्रश्न’ कार्यक्रममार्फत प्रतिज्ञापत्र सार्वजनिक गर्दै सभापति थापाले भ्रष्टाचारमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारे।
‘ग्रेसले भ्रष्टाचारविरुद्ध बोल्दा व्यक्तिको नाता, पद वा हैसियत हेर्दैन। उनले भने–‘ सभापति होस् वा कुनै पनि सार्वजनिक पदमा बसेको व्यक्ति यदि भ्रष्टाचार गरेको प्रमाणित भयो भने उसलाई सार्वजनिक पदमा बस्ने अधिकार छैन ।’
थापाले २०४७ सालपछि जुनसुकै दलसँग सम्बन्धित नेतामाथि पनि निष्पक्ष छानबिन गरिने बताए। उनले अबको शासन प्रणाली कार्यालय केन्द्रित नभई नागरिक केन्द्रित हुनुपर्नेमा जोड दिँदै सेवा प्रवाहलाई समयबद्ध बनाउनुपर्ने धारणा राखे।
उनका अनुसार नागरिकले पाउने सेवा कति समयमा सम्पन्न हुन्छ भन्ने स्पष्ट मापदण्ड तोकिनुका साथै तोकिएको समयभित्र सेवा नदिइए क्षतिपूर्ति दिने व्यवस्था गरिनुपर्छ। उनले भने–‘सार्वजनिक सेवामा एक दिनमा काम हुन्छ भनियो भने त्यो एकै दिनमा हुनुपर्छ ।’
सभापति थापाले डिजिटल प्रविधिमा आधारित सार्वजनिक सेवा सातै दिन २४सै घण्टा उपलब्ध गराउने योजना कांग्रेसले अघि सारेको उल्लेख गर्दै ढिलासुस्ती भए नागरिकलाई क्षतिपूर्तिको व्यवस्था गरिने प्रतिबद्धता दोहोर्याए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस