काठमाडौं,८ फागुन। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। उक्त मूल्य बिहीबार पनि कायम रहेको थियो।
यता चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ। महासङ्घका अनुसार शुक्रबार चाँदी तोलाको ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी तोलाको ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस