after_navbar

स्रोत नखुलेको ११ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ


१५ घण्टा अगाडि


काठमाडौँ,८ फागुन। प्रहरीले स्रोत नखुलेको रकमसहित एकजनालाई पक्राउ गरेको छ । महोत्तरीको मनरा शिसवा नगरपालिका–३ सोनौल बजारबाट स्रोत नखुलेको नगद ११ लाख ५१ हजार ३ सय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाटकट्टीबाट खटिएको प्रहरी टोलीले सम्सी गाउँपालिका–७ बस्ने गौतम साहलाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो।

ad

पोखरभिण्डाबाट सोनौल बजारतर्फ जाँदै गरेको म।प्र।०२–००९ प १५१७ नम्बरको मोटरसाइकलमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="