दाङ,१० फागुन । नेपाल तरुणदल जिल्ला कार्यसमिति दाङले तरुण परिचालन समिती गठन गरेको छ। आसन्न फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरि उक्त समिती गठन गरेको हो ।
क्षेत्र नं ३ को निर्वाचनलाई सफल बनाउन जिल्ला कार्यसमितिले जिवि जिएमलाई तरुण परिचालन समितिको संयोजकमा नियुक्त गरेको छ।
प्रतिनिधि सभा निर्वाचनमा दाङ क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरीको पक्षमा तरुण परिचालन प्रभावकारी बनाउन तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा संगठन सुदृढीकरण गर्ने उद्देश्यसहित जिएमलाई उक्त जिम्मेवारी दिइएको हो।
जिल्ला अध्यक्ष टिकाराम घर्तीद्वारा जारी पत्रमा संयोजक जिएमलाई सम्बन्धित वडामा आवश्यक समन्वय, संगठन विस्तार र तरुण परिचालनलाई सक्रिय रूपमा अघि बढाउन निर्देशन दिइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस