दाङ,१३ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा मतपत्रसहित निर्वाचन सामग्री पुर्याइएको छ।
निर्वाचन आयोगका अनुसार काठमाडौँ र भक्तपुरबाहेक अन्य सबै जिल्लामा ‘पहिलो हुने निर्वाचित हुने’ तथा ‘समानुपातिक निर्वाचन प्रणाली’ अन्तर्गतका मतपत्र र आवश्यक सामग्री पठाइसकिएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिँदै काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयमा भने बिहीबार सामग्री र मतपत्र पुर्याइने बताए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस