after_navbar

बालबालिकामा कुष्ठरोग बढ्दो


१४ घण्टा अगाडि


दाङ,१४ फागुन । देशभर बालबालिकामा कुष्ठरोगका घटना बढ्दै गएको पाइएको छ। हालै सार्वजनिक तथ्याङ्कअनुसार कुल २ हजार ४ सय ९ जना कुष्ठरोगीमध्ये १ सय ५४ जना बालबालिका रहेका छन्।

ad

बालबालिकामा सङ्क्रमण देखिन थालेपछि सरकारले यसलाई उच्च प्राथमिकतामा राखेर नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको छ। नेपाल कानून समाजले आयोजना गरेको कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले बालबालिकामा रोग देखिनु गम्भीर चिन्ताको विषय भएको बताए। उनले मानवअधिकारको दृष्टिकोणबाट पनि रोग उन्मूलन आवश्यक रहेको उल्लेख गरे।

त्यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। विकास देवकोटाले नेपालले सन् २०१० मा कुष्ठरोग निवारण घोषणा गरे पनि हाल १६ जिल्लामा प्रति १० हजार जनसङ्ख्यामा एकभन्दा बढी संक्रमित भेटिनु चिन्ताजनक रहेको बताए।

परिवारमा उपचार ढिलो हुँदा बालबालिकामा संक्रमण सर्ने भएकाले बहुक्षेत्रीय समन्वयमार्फत छिटो पहिचान र उपचारलाई प्राथमिकता दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। कार्यक्रममा सहभागीहरूले कुष्ठरोग नियन्त्रणलाई राष्ट्रिय प्राथमिकतामा राखी प्रभावकारी अभियान सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="