after_navbar

बीबीसी डकुमेन्ट्री हटाउन आयोगको पत्र


३ घण्टा अगाडि


काठमाडौं ,१५ फागुन । निर्वाचन आयोग ले जेन–जी आन्दोलनसम्बन्धी भिडियो डकुमेन्ट्री हटाउन प्रेस काउन्सिल नेपाल लाई पत्राचार गरेको छ।
बिबिसी वर्ड सर्भिसले तयार पारेको ‘सट लाइक द इनिमिजः इन्साइड नेपाल्स जेन–जी अपराइजिङ’ शीर्षकको वृत्तचित्रमा भदौ २३ र २४ गतेको आन्दोलन दबाउने क्रममा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले गोली चलाउने आदेश दिएको दाबी गरिएको छ।

ad

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार काउन्सिललाई पत्र पठाउँदै उक्त डकुमेन्ट्री हटाउने प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। डकुमेन्ट्री नहटाए कारबाही गर्ने चेतावनीसमेत दिइएको छ। ४१ मिनेट ३० सेकेन्ड लामो भिडियोमा सुरक्षाकर्मीले अमानवीय बल प्रयोग गरेको उल्लेख छ।

निर्वाचनको पूर्वसन्ध्यामा मतदातालाई प्रभावित पार्ने उद्देश्यले भिडियो सार्वजनिक गरिएको आशंका आयोगले जनाएको छ। यस विषयमा नेपाल प्रहरी का प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले ले डकुमेन्ट्रीमा उल्लेख गरिएको कागजात आधिकारिक नभएको बताएका छन्। उनले उक्त भिडियोलाई प्रहरीले गम्भीर रूपमा नलिएको र सार्वजनिक टिप्पणी गर्न आवश्यक नठानेको बताए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="