after_navbar

पिकअपको ठक्करबाट चारजना घाइते


१५ घण्टा अगाडि


प्युठान ,१६ फागुन । प्युठानमा पिकअप गाडीले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा चारजना घाइते भएका छन्। चुनावी प्रचारप्रसारका लागि प्रयोग गरिएको गाडीले उनीहरूलाई ठक्कर दिएको हो ।

ad

प्यूठान नगरपालिका स्थित बाग्दुला नजिकै
लु १ च ७७६९ नम्बरको पिकअप गाडीले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।

घाइते हुनेमा मोटरसाइकल चालक प्यूठान–५ जुम्रीकाँडाका २० वर्षीय जीवन विश्वकर्मा र सोही मोटरसाइकलमा सवार २१ वर्षीय रेशम खड्का रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी स्कुटर चालक लमही–६ देउपुर, दाङ बस्ने २६ वर्षीय दीपक पोख्रेल र उनका श्रीमती २५ वर्षीय सुजता भण्डारी पनि घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेहरुको जिल्ला अस्पताल प्यूठानमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="