फागुन१६ , काठमाडौं। नेपाल सरकारले नेपाली नागरिकलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ। अवस्था सामान्य नहुँदासम्म यात्रा नगर्न आह्वान गरेको हो ।
परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको एडभाइजरीमा दुवै देशको स्थिति सामान्य नहुँदासम्म यात्रा स्थगित गर्न कडाइका साथ सुझाव दिइएको हो।
एडभाइजरीअनुसार, इजरायल वा इरान यात्रा गर्ने योजना बनाएका नेपाली नागरिकहरूले आफ्नो यात्रा स्थगित गर्नुपर्नेछ। मन्त्रालयले मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको र हाल त्यहाँ रहेका नेपाली नागरिकहरूलाई सावधानी अपनाउन अनुरोध गरेको छ।
‘इजरायल र इरानद्वारा जारी सुरक्षा निर्देश कडाइका साथ पालना गर्नुहोस्, सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस् र नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस्,’ विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले सम्बन्धित निकायहरूको पूर्वअनुमतिबिना इजरायल वा इरान यात्रा नगर्न पनि चेतावनी दिएको छ।

© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस