दाङ, १७ फागुन। नेपाली बजारमा आइतबार पनि सुनको मूल्य बढेको छ । साताको पहिलो दिन सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ हजार ६०० रुपैयाँले बढेर ३ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन तोलाको ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी तोलामा ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस