काठमाडौं,१८ फागुन । इजरायलले इरानपछि लेबनानमा पनि बमबारी सुरु गरेको छ ।
समाचार संस्था एफपीले लेबनानी मन्त्रालयलाई उद्धृत गर्दै जनाएअनुसार इजरायली आक्रमणमा ३१ जनाको मृत्यु भएको छ भने १४९ जना घाइते भएका छन् ।
यसैबीच, कुवेतको सेनाले सोमबार बिहान राजधानीतर्फ आइरहेका केही ड्रोन खसालेको जनाएको छ ।
सेनाका अधिकारी मोहम्मद अल–मन्सूरीका अनुसार ती ड्रोनहरू कुवेत सिटी नजिकैका सल्वा र हवाली क्षेत्रमा प्रवेश गर्न खोजिरहेका थिए । वायु प्रतिरक्षा प्रणालीले समयमै ड्रोनहरूलाई रोक्न सफल भएको उनले बताए ।
उनका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन र देशको अवस्था सामान्य छ । ड्रोन कुन देशबाट पठाइएका थिए भन्नेबारे भने खुलाइएको छैन ।
पछिल्ला दिनहरूमा इरानले खाडी क्षेत्रका केही देशहरूमा ड्रोन तथा मिसाइल आक्रमण गरेको विवरण सार्वजनिक भइरहेका छन्
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस