दाङ,१८ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङमा मतपत्र ढुवानी र व्यवस्थापन कार्य तीव्र पारिएको छ । जिल्लामा प्रत्यक्षतर्फ मतदाताभन्दा ३३ हजारभन्दा बढी मतपत्र ल्याइएको छ ।
निर्वाचन कार्यालय दाङका अनुसार तीनवटै निर्वाचन क्षेत्रमा गरी ४ लाख ३१ हजार ६८६ मतदाता रहेका छन् । ती मतदाताका लागि प्रत्यक्षतर्फ ४ लाख ६५ हजार मतपत्र उपलब्ध गराइएको छ ।
समानुपातिकतर्फ भने ४ लाख ७२ हजार मतपत्र आइपुगेको छ । अस्थायी मतदाता समावेश हुने भएकाले समानुपातिकतर्फ मतपत्रको संख्या प्रत्यक्षभन्दा बढी राखिएको जनाइएको छ ।
क्षेत्र नम्बर १ मा १ लाख ४० हजार १ मतदाता रहेका छन् । यस क्षेत्रमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ १ लाख ५१ हजार मतपत्र पठाइएको छ ।
क्षेत्र नम्बर २ मा १ लाख ४० हजार ९६५ मतदाता छन् । यहाँ प्रत्यक्षतर्फ १ लाख ५२ हजार र समानुपातिकतर्फ १ लाख ५९ हजार मतपत्र उपलब्ध गराइएको छ ।
क्षेत्र नम्बर ३ मा १ लाख ५० हजार ७२० मतदाता रहेका छन् । यस क्षेत्रमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ १ लाख ६२ हजार मतपत्र आइपुगेको छ ।
जिल्लाभर १५९ मतदान स्थल र ४८२ मतदान केन्द्र निर्धारण गरिएकाले आवश्यक सामग्री व्यवस्थापन र सुरक्षाको तयारी समेत अन्तिम चरणमा पुगेको निर्वाचन कार्यालयले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस