after_navbar

रवि लामिछाने मुद्दा फिर्ता विवाद : पूर्ण इजलासमा सुनुवाइ हुने


३ घण्टा अगाडि


काठमाडौं ,२७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनमार्फत फिर्ता गर्ने निर्णय रोक्न माग गर्दै दायर रिटलाई सर्वोच्च अदालत ले पूर्ण इजलासमा पठाउने आदेश दिएको छ।

ad

न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेल को संयुक्त इजलासले बुधबार उक्त रिट पूर्ण इजलासमा पठाउने आदेश दिएको हो।

अब यो रिटमा सर्वोच्चका तीन वा तीनभन्दा बढी न्यायाधीश रहेको पूर्ण इजलासमा प्रारम्भदेखि नै सुनुवाइ हुनेछ। अदालतले आगामी आइतबार रिट सुनुवाइका लागि पेस गर्न पनि आदेश दिएको छ।

महान्यायाधिवक्ता सविता भण्डारी बराल ले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनमार्फत फिर्ता गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएपछि यस विषयमा कानुनी विवाद उत्पन्न भएको हो।

उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र सिन्धुलीका युवराज पौडेल ‘सफल’ले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

गत पुस ३० गते महान्यायाधिवक्ता बरालले लामिछानेमाथि सहकारी ठगीमा मात्र मुद्दा चलाउन सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयलाई पत्रमार्फत निर्देशन दिएकी थिइन्।

निर्देशनमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनमार्फत फिर्ता लिन भनिएको थियो। तर केही जिल्ला अदालतले मुद्दा सर्वोच्चमा विचाराधीन रहेको भन्दै अस्वीकार गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="