after_navbar

चलचित्र संघद्वारा पत्रकार पुरस्कृत


फागुन १०, २०८१


दाङ,१० फागुन । चलचित्र पत्रकार संघ दाङले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा पत्रकारिताका क्षेत्रमा सक्रिय पत्रकारहरूलाई सम्मान गरेको छ। संघका दाङ जिल्ला अध्यक्ष सन्तोष केसीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

ad

पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पत्रकारिताको महत्वबारे प्रकाश पार्दै भने, “स्वतन्त्र, निष्पक्ष र उत्तरदायी पत्रकारिता लोकतन्त्रको आधारभूत स्तम्भ हो। समाजको सही मार्गनिर्देशनका लागि पत्रकारहरूको भूमिकालाई अझ प्रभावकारी बनाउन आवश्यक छ।” उनले पत्रकारहरूको सम्मानले समाजमा सशक्त पत्रकारिता विकास गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् रेडियो हाइवेका समाचार सम्पादक लिला शाह, रेडियो प्रकृतिका ओपेन्द्र बस्नेत, अन्नपूर्ण दैनिकका गोपाल शर्मा भट्टराई, गोरक्ष राष्ट्रिय दैनिकका बालाराम खड्का, कान्तिपुर टेलिभिजनका अमर क्षितिज भण्डारी र दीपक कुमाललाई सम्मान गरिएको थियो।

त्यसैगरी, विभिन्न पत्रकारिता पुरस्कार पनि प्रदान गरिएको छ। देवालोचन रङ्ग पत्रकारिता पुरस्कार पत्रकार धुव्रराज न्यौपानेलाई नगद एघार हजार एक सय एघार सहित प्रदान गरियो। चमनबहादुर रङ्ग पत्रकारिता पुरस्कार पत्रकार देवेन्द्र बस्नेतलाई पाँच हजार पाँच सय पचपन्न सहित प्रदान गरिएको हो।

भागवत बसन्ता रङ्ग पत्रकारिता पुरस्कार पत्रकार एकराज भण्डारी, भीम टीका रङ्ग पत्रकारिता पुरस्कार पत्रकार जयन्ती चौधरी, चलचित्र पत्रकारिता पुरस्कार पत्रकार झग्गु भण्डारी र मोफसल चलचित्र पत्रकारिता पुरस्कार पत्रकार पूर्ण केसीलाई प्रदान गरियो।

चलचित्र पत्रकार संघ दाङले आगामी दिनमा पनि पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने पत्रकारहरूको पहिचान गर्दै सम्मान तथा पुरस्कृत गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="