दाङ,१६ फागुन । तुलसीपुरमा जारी दोस्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यावसायिक महोत्सव-२०८१ मा शनिबार चर्चित कलाकारहरू धमाकेदार प्रस्तुति दिन आउने भएका छन्।
“स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने नाराका साथ सुरु भएको महोत्सवमा कलाकारहरुको गायन संगै उत्कृष्ट नृत्य प्रस्तुति समेत रहने छ।
महोत्सवको फागुन १६ गतेको विशेष आकर्षणका रूपमा चर्चित लोकदोहोरी गायिका प्रीति आले,गायक भागिरथ चलाउने लगायतका कलाकारहरूको प्रस्तुति रहेको सांस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी गराए।
विशेष लोकदोहोरी, सामूहिक लोकनृत्य प्रतियोगिता, तथा स्थानीय कलाकारहरूको दमदार प्रस्तुति समेत समावेश गरिने आयोजकले जनाएको छ।
यसैगरी चर्चित मोडल भूलन भूलन, नृत्यांगना बिमला बुढा, गायिका मोति जि.एम., उद्घोषिका मञ्जु पौडेल तथा अन्य कलाकारहरूको प्रस्तुति दर्शकका लागि विशेष आकर्षण हुने आयोजकले जनाएको छ।
महोत्सव तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा फागुन १ गतेदेखि सन्चालन भैरहेको छ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूका प्रस्तुति, लोकदोहोरी, सामूहिक लोकनृत्य, बालउद्यान, आकर्षक थारु गाउँ, रोटे पिङ लगायतका मनोरञ्जनात्मक गतिविधिहरू समेत रहेका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस