दाङ,१६ फागुन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्ट्याटस लेखेका छन्। शाहले आफ्नो स्ट्याटसमा प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै लेखेका छन्,
“प्रधानमन्त्रीज्यु, भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ, हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिडेको मान्छे! मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला!!”
शाहले आफ्नो स्ट्याटसमा पूर्व एमाले महासचिव मदन भण्डारीको नाम उल्लेख गर्दै आफूहरू भण्डारीकै विचारलाई अघि बढाउन लागिपरेको बताएका छन्।
यसअघि पनि बालेन शाह सामाजिक सञ्जालमार्फत विभिन्न राजनीतिक विषयमा टिप्पणी गरेका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस