after_navbar

६० केजी सुन तस्करी प्रकरणमा सर्वोच्च अदालतमा आज सुनुवाइ


पुष ११, २०८२


काठमाडौँ, ११ पुस । ६० केजी सुन तस्करी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ।

ad

यस प्रकरणमा चिनियाँ नागरिक गेन्जा झाछी, मिङसिङ टेरेन्स सी, मनोजराज श्रेष्ठ तथा भारतीय नागरिक बैजनाथ ब्रह्मादत्त गोयलले दायर गरेका निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज ढकालको इजलासमा सुनुवाइ हुन लागेको हो।

यसअघि २०८१ असार २६ गते काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशलाई उच्च अदालत पाटनले पनि सदर गरेपछि उनीहरूले दफा ७३ अन्तर्गत सर्वोच्च अदालतमा निवेदन दायर गरेका हुन्।

चिनियाँ गिरोहले मोटरसाइकलको ब्रेक सुको स्वरूपमा भित्र्याएको ६० किलोभन्दा बढी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास भएर बाहिरिँदै गर्दा राजस्व अनुसन्धान विभागले २०८० साउन २ गते बरामद गरेको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="