काठमाडाैँ,११पुस। नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पदभार ग्रहण गरेका छन् ।
शुक्रबार परराष्ट्र मन्त्रालय पुगेर मन्त्री शर्माले औपचारिक रूपमा पदभार सम्हालेका हुन् ।
यसअघि आजै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका पूर्वरथीसमेत रहेका शर्मालाई परराष्ट्रमन्त्री पदमा नियुक्त गर्दै शपथ गराएका थिए ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको हो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस