रोल्पा,२९ पुस । रोल्पामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । रुण्टीगढी गाउँपालिका वडा नम्बर ८ की ३२ वर्षीया डिलकुमारी पुनको भिरबाट लडेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार पुन सोमबार बिहान करिब ११ बजे घर नजिकै रहेको बल्दजुरे सामुदायिक वनमा बाख्रा चराउन गएकी थिइन् ।
साँझसम्म पनि घर नफर्किएपछि परिवार र स्थानीयले खोजी गर्दा उनी करिब १०० मिटर तल भिरमा खसेको अवस्थामा मृत फेला परेकी थिइन् ।
भिरबाट करिब १०० मिटर तल खस्दा घटनास्थलमै उनको मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस