दाङ,५ माघ । दाङमा सिमेन्ट उद्योगमा काम गर्ने एक श्रमिकको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।
लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगमा काम गर्ने लमही नगरपालिका–७ कमानपुर निवासी ३६ वर्षीय अरविन्द चौधरीको कामका क्रममा माटोको ढिस्को खस्दा पुरिएर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
सोही घटनामा परेर लमही नगरपालिका–७ हसनापुर निवासी शंकर चौधरी घाइते भएका छन् । घाइते चौधरीको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उद्योगको पावर प्लान्ट निर्माणसम्बन्धी काम भइरहेको बेला ठूलो खाडल खनिएको थियो । सो क्रममा अचानक माटोको ढिस्को खस्दा दुई जना श्रमिक पुरिएका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस