काठमाडौँ,६ माघ । नेपाली कांग्रेसभित्रको आधिकारिकतासम्बन्धी विवादमा निवर्तमान सभापति शेरबहादुर देउवा समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ।
गगन थापा समूहलाई नेपाली कांग्रेसको आधिकारिकता दिएको निर्वाचन आयोगको निर्णय चुनौती दिँदै आइतबार रिट दर्ता गरिएको थियो। रिट तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका हुन्। प्रारम्भमा आइतबारकै लागि पेसी तोक्न आग्रह गरिएको भए पनि सर्वोच्च प्रशासनले समय अभावका कारण सम्भव नहुने जानकारी दिएको थियो।
कांग्रेसभित्रको आधिकारिकताको विवाद गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गर्दै नयाँ कार्यसमिति चयन गरेपछि चर्किएको हो। सोही महाधिवेशन र त्यसबाट बनेको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयपछि देउवा समूह अदालत पुगेको हो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस