दाङ,६ माघ। प्रतिनिधि सभाको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै गर्दा दाङका तीनवटै निर्वाचन क्षेत्रमा प्रमुख राजनीतिक दलहरूले आफ्ना उम्मेदवार अन्तिम चरणमा पुर्याएका छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी माहोल थप तातिएको छ।
दाङका तीनै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनमोर्चालगायत दलहरूले उम्मेदवार तय गरेका छन्।
नेपाली कांग्रेसले क्षेत्र नम्बर १ मा सहमहामन्त्री योगेन्द्र चौधरीलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नम्बर २ बाट किरणकिशोर घिमिरे र क्षेत्र नम्बर ३ बाट निवर्तमान सांसद दीपक गिरीलाई चुनावी मैदानमा उतारेको छ।
नेकपा एमालेका तर्फबाट क्षेत्र नम्बर १ मा रेवतीरमण शर्मा, क्षेत्र नम्बर २ मा पार्टी महासचिव शंकर पोखरेल र क्षेत्र नम्बर ३ मा तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर घनश्याम पाण्डे उम्मेदवार रहेका छन्।
नेकपा ९माओवादी केन्द्र०ले क्षेत्र नम्बर १ बाट मेटमणि चौधरी, क्षेत्र नम्बर २ बाट निर्मल आचार्य र क्षेत्र नम्बर ३ बाट धनबहादुर मास्कीलाई उम्मेदवार बनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्र नम्बर १ मा देवराज पाठक, क्षेत्र नम्बर २ मा पार्टी सहमहामन्त्री विपिन आचार्य र क्षेत्र नम्बर ३ मा कमल सुवेदीलाई उम्मेदवारको रूपमा अघि सारेको छ।
त्यसैगरी राष्ट्रिय जनमोर्चाले पनि तीनै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ। जनमोर्चाका अनुसार क्षेत्र नम्बर १ बाट जिल्ला अध्यक्ष गणेश आचार्य, क्षेत्र नम्बर २ बाट मणिराम खनाल र क्षेत्र नम्बर ३ बाट कमला जिसी उम्मेदवार रहेका छन्।
निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुने छ। मनोनयनपछि दाङमा चुनावी गतिविधि झनै सक्रिय हुने अपेक्षा गरिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस