after_navbar

जाँचबुझ आयोगको म्याद २० दिन थप


माघ ०, २०८२


गृहमन्त्री अर्याल सरकारका प्रवक्ता नियुक्त

ad

काठमाडौँ, ८ माघ । सरकारले २०८२ साल भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा सडक खण्ड सुधार आयोजनाको तयारीका लागि एशियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) बाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि भएको जानकारी दिए ।


गृहमन्त्री अर्याल सरकारका प्रवक्ता नियुक्त:
यसैगरी, मन्त्रिपरिषद् बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले आफूलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको पुष्टि गरेका हुन्।

यसअघि सरकारका प्रवक्ता रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा सहभागी हुने उद्देश्यले राजीनामा दिएपछि प्रवक्ताको पद रिक्त रहेको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="