after_navbar

बैशाखमा कांग्रेसको नियमित महाधिवेशन हुँदैनः महामन्त्री घिमिरे


माघ ०, २०८२


काठमाडौँ, ८ माघ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी बैशाखमा पार्टीको नियमित महाधिवेशन हुन नसक्ने स्पष्ट पारेका छन्।

ad

बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री घिमिरेले फागुन २१ गते हुने निर्वाचन तथा त्यसपछि विकसित हुने राजनीतिक गतिविधिका कारण बैशाखमा नियमित महाधिवेशन आयोजना गर्न सम्भव नभएको बताए।

उनका अनुसार २०८३ साल पौष मसान्तभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने गरी पार्टीले तयारी अघि बढाउनेछ। विशेष महाधिवेशनपछि पार्टी एकजुट भएर निर्वाचनमा अघि बढेको दाबी गर्दै उनले दीर्घकालीन सोचका साथ चुनावी घोषणापत्र सार्वजनिक गरिने जानकारी दिए।

महामन्त्री घिमिरेले आगामी संसदीय दलको बैठकबाट सर्वसम्मत रूपमा सभापति गगन थापालाई संसदीय दलको नेता चयन गरिने र उनी भावी प्रधानमन्त्री बन्ने दाबी पनि गरे।

यसैगरी, राष्ट्रिय सभा निर्वाचनका लागि यसअघि नै गठबन्धन भइसकेको उल्लेख गर्दै त्यसले निरन्तरता पाउने बताए। उनले फागुन २१ गते हुने निर्वाचनमा कुनै दलसँग चुनावी गठबन्धन नगरिने स्पष्ट पार्दै निर्वाचनपछिको परिणामका आधारमा भने गठबन्धन हुन सक्ने सम्भावना रहेको बताए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="