after_navbar

दाङ–३ मा ओलीको उम्मेदवारी फिर्ता


माघ ०, २०८२


दाङ,८ माघ । गोपाल ओली ‘प्रबिन’ले दाङ निर्वाचन क्षेत्र नम्बर ३ को उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका ओलीले नेपाली कम्युनिस्ट पार्टीको तारा चिन्हका आधिकारिक उम्मेदवार धनबहादुर मास्कीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिने सहमति गरेका हुन् ।

ad

नेपाली कम्युनिस्ट पार्टीका दाङ जिल्ला इन्चार्ज निर्मला आचार्य, सल्लाहकार शेसुराम भण्डारी, केन्द्रीय सदस्य जोगबहादुर राणा तथा वाइसीएलका केन्द्रीय अध्यक्ष पुष्प ओलीलगायतको उपस्थितिमा भएको छलफलपछि पार्टीको आधिकारिक उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित प्रबिनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्।

गोपाल ओली प्रबिन माओवादीका पूर्व लडाकु हुन्। यसअघि उनले पार्टीभित्र असहमति जनाउँदै बागी उम्मेदवारी दर्ता गराएका थिए। तर पार्टी एकता, अनुशासन र जनताको हितलाई प्राथमिकतामा राख्दै अन्ततः आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको सहभागी नेताहरूले बताएका छन्।

पार्टी नेतृत्वले यो निर्णयले दाङ–३ मा वामपन्थी शक्ति एकताबद्ध भई निर्वाचनमा सशक्त रूपमा अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="