after_navbar

देउवा समूह राष्ट्रिय भेलाको तयारीमा


माघ ११, २०८२


काठमाडौं,१०माघ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूह राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। विशेष महाधिवेशनबाट किनारामा परेको उक्त समूह ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनपछि राष्ट्रिय भेला आयोजना गर्ने तयारीमा लागेको हो।

ad

राष्ट्रिय भेलाको तयारीका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहका नेताहरूसँग परामर्शमा रहेको बताइएको छ।

पुसमा सम्पन्न विशेष महाधिवेशनपछि विकसित पार्टीको आन्तरिक राजनीतिक अवस्था, त्यसअघिको परिस्थिति र आगामी रणनीतिबारे समूहका नेता–कार्यकर्तालाई जानकारी गराउने उद्देश्यले भेला गर्न लागिएको स्रोतले जनाएको छ।

विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिलाई देउवा समूहले हालसम्म स्वीकार गरेको छैन। निर्वाचन आयोगले उक्त महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएपछि देउवा समूह अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालत पुगेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="