after_navbar

दाङका कुलप्रसाद केसीसहित सातजना नेकपाबाट निस्कासन


माघ ११, २०८२


दाङ,१० माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराएका तथा त्यस्ता उम्मेदवारलाई समर्थन गरेका सात जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ।

ad

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालद्वारा आज जारी विज्ञप्तिमा पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका तथा उनीहरूका प्रस्तावक, समर्थक र प्रचारकको भूमिकामा रहेका नेता–कार्यकर्तालाई पार्टीबाट निष्कासन गरिएको उल्लेख गरिएको छ।


निष्कासनमा पर्नेहरूमा सिन्धुलीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई तथा सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="