after_navbar

नेकपा एमाले र प्रगतिशीलबीच चुनावी सहमति


माघ १२, २०८२


दाङ,११ माघ।आसन्न प्रतिनिधिसभा निर्वाचन–२०८२ को सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी सहमति भएको छ।

ad

सहमति अनुसार पश्चिम रुकुमका उम्मेद्वार जनार्दन शर्मा र पूर्वी रुकुमका उम्मेद्वार संदीप पुनको पक्षमा आँखा चिन्हमा नेकपा (एमाले) ले मतदान गर्ने भएको छ।

त्यसैगरी कर्णाली प्रदेशका हुम्ला र जुम्ला बाहेकका जिल्लाहरू तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा नेकपा (एमाले) का उम्मेद्वारहरूको पक्षमा सूर्य चिन्हमा प्रगतिशील लोकतान्त्रिक पार्टीले मतदान गर्ने सहमति भएको छ।

दुवै पार्टीहरूले सहमति कार्यान्वयनका लागि आ–आफ्ना पार्टी पंक्तिलाई अविलम्ब निर्देशन दिने जनाएका छन्।


सहमति–पत्रमा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोवको हस्ताक्षर रहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="