after_navbar

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ


माघ १६, २०८२


काठमाडौं,१५ माघ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुने भएको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट दर्ता गरिएको उनको उम्मेदवारी आयोगले खारेज गरेपछि चौधरी सर्वोच्च अदालत पुगेका हुन्।

ad

उक्त रिट न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेशी तोकिएको छ। यसअघि न्यायाधीश ढकालको एकल इजलासले निर्वाचन आयोगसँग लिखित जवाफ माग्दै अन्तरिम आदेशका विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको थियो।

रेशम चौधरीको उम्मेदवारी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता भएको थियो। निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि उक्त निर्णयको वैधतामाथि अदालतमा कानुनी बहस हुने भएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="