after_navbar

प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्रको नमूना सार्वजनिक


४ घण्टा अगाडि


काठमाडौं,१७ माघ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रका मतपत्रको नमूना सार्वजनिक गरेको छ।

ad

आयोगले सातवटै प्रदेशका निर्वाचन क्षेत्रअनुसार फरक–फरक मतपत्रको नमूना सार्वजनिक गरेको हो। एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाका लागि एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका लागि फरक प्रकारको मतपत्रको नमूना तयार गरिएको आयोगले जनाएको छ। ती नमूना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग गरिनेछन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा मतपत्रको आकार फरक–फरक बनाइएको छ। उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रमा तुलनात्मक रूपमा ठूलो आकारको र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रमा सानो आकारको मतपत्र छापिएको छ।

कर्णाली प्रदेशका सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा एक–एक निर्वाचन क्षेत्र रहेका छन् भने दैलेख र सुर्खेतमा दुई–दुई निर्वाचन क्षेत्र छन्। ती जिल्लाका मतपत्रको नमूना पनि आयोगले सार्वजनिक गरेको छ।
यसैगरी, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा एक–एक निर्वाचन क्षेत्र रहेका छन्।

अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र कायम रहेका छन्। ती सबै निर्वाचन क्षेत्रका मतपत्रको नमूना पनि सार्वजनिक गरिएको आयोगले जनाएको छ। आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रको छपाइ भने भइसकेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="