दाङ,२६ माघ । अण्डाको मूल्यमा भारी गिरावट आएको छ। नेपाल लेयर्स कुखुरा पालक सङ्घले सोमबारदेखि लागू हुने गरी तोकेको नयाँ समर्थन मूल्यअनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३७५ रुपैयाँ र मध्यम अण्डाको ३३५ रुपैयाँ कायम गरिएको छ।
यसअघि गत मंसिर महिनामा अण्डाको मूल्य हालसम्मकै उच्च प्रतिक्रेट ५६५ रुपैयाँ पुगेको थियो। सङ्घका अनुसार देशभित्र अण्डा उत्पादन बढ्नु र भारतबाट सस्तो सेतो अण्डा आयात हुनुका कारण मूल्य घटेको हो।
हाल अण्डा उत्पादनको लागत प्रतिक्रेट करिब ५७४ रुपैयाँ पर्ने भए पनि लागतभन्दा निकै कम मूल्यमा बिक्री गर्नुपर्दा किसानहरू निराश बनेका छन्। सङ्घले भारतीय अण्डाको आयात रोक्न सरकारसँग माग गरेको छ।
किसानको लागत सुरक्षित हुने नीति नहुँदा कुखुरा पालक व्यवसाय संकटमा पर्दै गएको सङ्घको भनाइ छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस