दाङ,२६ माघ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवक गम्भीर घाइते भएका छन्।
घोराही उपमहानगरपालिका–१६ सेवारखोलामा आज बिहान करिब ९ बजे घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु प्र ०२–००१ प ११०२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएका दुवै जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए। घाइतेहरूको पहिचान हालसम्म खुल्न नसकेको उनले बताए।
घाइतेहरूको उपचार घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस