दाङ, २६ माघ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सोमबार बिहान करिब ९ बजे घोराही उपमहानगरपालिका–१६ सेवाखोलामा घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ प ११०२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार मोटरसाइकल अनियन्त्रित भई सेवारखोलास्थित निर्माणाधीन पुलबाट खसेको थियो।
दुर्घटनामा मोटरसाइकल चालक रोल्पा त्रिवेणी गाउँपालिका–७ का २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र पछाडि सवार दाङको तुलसीपुर उपमहानगरपालिका–१७ झिँगेका ३९ वर्षीय कमल वलीको मृत्यु भएको हो।
घाइते अवस्थामै उद्धार गरी उनीहरूलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले उपचारका क्रममा मृत घोषणा गरेका थिए।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस