after_navbar

मतपत्र छपाइ अन्तिम चरणमा


५ घण्टा अगाडि


काठमाडौँ,२ फागुन। प्रतिनिधिसभा सदस्य चुनावका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार अब काठमाडौँ उपत्यकासहित आसपासका जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम मात्रै बाँकी रहेको छ।

ad

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइ भइरहेको छ। आयोगका अनुसार हालसम्म ६३ जिल्लाका १ सय ३३ निर्वाचन क्षेत्रका लागि मतपत्र छपाइ सम्पन्न भइसकेको छ।

आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार एक करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ सकिएको छ। छापिएका जिल्लाका मतपत्र प्याकिङसमेत भइसकेको छ। हालसम्म १५ हजार ३ सय ७१ बाकस मतपत्र प्याकिङ सम्पन्न भएको जानकारी दिइएको छ।

दैनिक एक हजार बाकस मतपत्र प्याकिङ हुँदै आएको छ भने ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ। प्रत्यक्षतर्फ कुल दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगको तयारी रहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="