दाङ,५ फागुन। दाङको तुलसीपुरमा अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराएको छ। तुलसीपुर उपमहानगरपालिका–६ र वडा नम्बर–८ को सीमाक्षेत्र पातुखोलामा विस्फोट भएको प्रहरीले जनाएको छ। तुलसीपुर अटोभिलेजदेखि तलतिर गाइपालन फर्मको पश्चिमतर्फ पातुखोलामा सिलिन्डर विस्फोट गराइएको दाङ प्रहरीले जानकारी दिएको छ।
घटनास्थलमा सिलिन्डरका टुक्रा फेला परेका छन्। प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता बिनोदराज खत्रीले बताएका छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी रेशम बोहराले पनि विस्फोटको आवाज आएपछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिएको जानकारी दिए।
निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावलाई लक्षित गरी सर्वसाधारणलाई त्रसित पार्ने उद्देश्यले अज्ञात समूहले विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनामा मानवीय वा अन्य भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ।
नेकपा बहुमतले आज नेपाल बन्दको आयोजना गरेको छ। सोही बन्दको पूर्वसन्ध्यामा तुलसीपुरमा बम विस्फोट भएको हो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस