दाङ,२४ फागुन। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार ५०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर ५ हजार ४७५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
गत शुक्रबार सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला ५ हजार ४४५ रुपैयाँ रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ५ हजार १७० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यस्तै चाँदी प्रतिऔंस ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस