after_navbar

सात जिल्लाका प्रजिअसहित नौ सहसचिवको सरुवा


४ घण्टा अगाडि


काठमाडौ। गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणीका नौ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ ।

मन्त्रालयको मङ्सिर ११ गतेको निर्णयअनुसार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तथा विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।

निर्णयअनुसार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरिएको छ भने गृह मन्त्रालयमा कार्यरत सहसचिव एकदेव अधिकारीलाई पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको छ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सहसचिवका रूपमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी गृह मन्त्रालय वा अन्तर्गत कार्यरत पाँच जना सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापना गरिएको छ ।

मन्त्रालयको निर्णयअनुसार पर्सा, सिन्धुपाल्चोक, रामेछाप, दैलेख, महोत्तरी, प्युठान र सिन्धुलीका प्रमुख जिल्ला अधिकारी तथा विभागीय नेतृत्वमा हेरफेर भएको हो ।

प्रतिक्रिया दिनुहोस

data-href="