after_navbar

आगलागी हुँदा १५ लाख बराबरको क्षति


४ घण्टा अगाडि


दाङ। दाङको तुलसीपुर स्थित एक घरमा आगलागी भएको छ। तुलसीपुर उपमहानगरपालिका-८ दुधेना नयाँबस्तीमा आगलागी हुँदा एक घरमा ठूलो क्षति भएको हो ।

शुक्रबार बेलुका स्थानीय भुपेन्द्रराज वलीको घरमा अचानक आगलागी हुँदा घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् ।

आगलागीबाट लत्ताकपडा, भान्साका भाँडाकुँडा, फर्निचर, गरगहना र नगद रुपैयाँसमेत जलेर नष्ट भएको पीडित वलीले बताए ।

उनका अनुसार आगलागीबाट करिब १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । घटनाको थप विवरण आउन बाकी छ।

प्रतिक्रिया दिनुहोस

data-href="