after_navbar

कर्णालीलाई विकासमा विभेद हुँदैन : रवि लामिछाने


२ घण्टा अगाडि


दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णाली प्रदेशले आफ्नो पार्टीलाई कम मत दिए पनि विकास निर्माण र सरकारी प्राथमिकतामा कुनै विभेद नहुने बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले चुनावी जित–हारलाई विकाससँग जोडेर हेर्न नहुने बताए ।

गत फागुनमा सम्पन्न निर्वाचनमा कर्णालीमा पार्टीको उपस्थिति अपेक्षाअनुसार हुन नसकेको स्वीकार गर्दै उनले संसदमा प्रतिनिधित्व नभए पनि कर्णाली सधैँ सरकारको प्राथमिकतामा रहने प्रतिबद्धता जनाए ।

लामिछानेले राजनीतिलाई चुनाव जित्ने माध्यमका रूपमा मात्र नबुझ्न कार्यकर्तालाई आग्रह गरे । पार्टीको राजनीतिक जीवनलाई व्यवस्थित बनाउन अनुशासन आवश्यक रहेको भन्दै उनले प्रशिक्षण अवधिभर मोबाइल बन्द राख्न निर्देशन दिए ।

त्यस्तै, नेताहरूसँग खिचेका तस्बिर देखाएर समानुपातिक सांसदको टिकट दाबी नगर्नसमेत उनले सचेत गराए । त्यस्ता तस्बिरलाई नेताहरूसँगको भेटको स्मृतिका रूपमा मात्र लिनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

data-href="