काठमाडौं। अपाङ्गता भएका व्यक्तिको अधिकार, सम्मान, समानता र समावेशी सहभागिताको महत्त्व उजागर गर्दै आगामी मंसिर १७ गते बिहीबार ३५औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइने भएको छ ।
डिसेम्बर ३, २०२६ मा मनाइने दिवसका लागि अन्तर्राष्ट्रिय नारा ‘२० वर्षे सिआरपिडी : प्रगतिको खोजी, समुन्नत भविष्यको रोजाइ’ तय गरिएको छ ।
त्यसैगरी, नेपालका लागि राष्ट्रिय नारा ‘अपाङ्गता समावेशी, पहुँचयुक्त र समतामूलक नेपाल निर्माणको आधार : महासन्धि कार्यान्वयनमा सामूहिक प्रयास यसको पूर्वाधार’ निर्धारण गरिएको छ ।
यस वर्षको अन्तर्राष्ट्रिय नाराले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि (सिआरपिडी) कार्यान्वयनका क्रममा हासिल भएका उपलब्धिलाई संस्थागत गर्दै अधिकार, पहुँच र समानताका क्षेत्रमा थप प्रगति गर्नुपर्ने सन्देश दिएको छ ।
त्यस्तै, राष्ट्रिय नाराले अपाङ्गता समावेशी, पहुँचयुक्त र समतामूलक नेपाल निर्माणका लागि महासन्धिको प्रभावकारी कार्यान्वयनसँगै सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएको छ ।
प्रतिक्रिया दिनुहोस