रुकुम पूर्व,१७ मंसिर । रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ द्धारेखोला नजिकको जंगलबाट दुई थान भरुवा बन्दुक बरामद गरिएको छ।
राष्ट्रिय निकुञ्ज क्षेत्र नजिकै लुकाइ–छिपाइ राखिएको अवस्थामा प्रहरीले मंगलबार दिउँसो दुई थान भरुवा बन्दुक र एउटा नाल फेला पारी नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व र अस्थायी प्रहरी पोस्ट खोपीचौरबाट खटिएको टोलीले गस्तीका क्रममा शंकास्पद वस्तु देखेपछि खोजतलास गर्दा बन्दुकहरू भेटिएको जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ र बन्दुक कसले, किन राखेको भन्नेबारे अनुसन्धान अघि बढाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ ,१६ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नगरसभाबाट बजेट स्वीकृत नगराएपछि सरिता फाउन्डेसन नामक गैरसरकारी संस्थालाई पाँच लाख रुपैयाँको चेक जारी गरी मिलेमतोमा नौ लाख ९८ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना गरिएको आरोपमा मुद्दा दायर गरिएको हो।
मंगलबार (मंसिर १६) दायर गरिएको मुद्दामा तत्कालीन सहायक लेखापाल विवेककुमार सहनी, सहायकस्तर पाँचौंका रामनरेशप्रसाद यादव, सहायक कम्प्युटर अपरेटर उमेशकुमार दास तत्मा, खरिदार कौशलकिशोर चौधरी, खरिदार छोटेलाल मिश्र, सरिता फाउन्डेसन र संस्थाकी निर्देशक सरिताकुमारी साहसमेत प्रतिवादी छन्।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७७/७८ मा नगरसभाबाट बजेट स्वीकृत नगरी सरिता फाउन्डेसनका नाममा चेक काटिएको विषयमा उजुरी आएपछि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानपछि उनीहरूले मिलेमतोमा नौ लाख ९८ हजार ९२१ रुपैयाँ हिनामिना गरेको प्रमाणित भएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अदालतमा दायर मुद्दामा प्रतिवादीहरूसँग जनही नौ लाख ९८ हजार ९२१ रुपैयाँ बिगो मागदाबी गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,९ मंसिर । जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौँबाट लुटिएका दुई थान पेस्तोलसहित तीन युवक झापाको दमकबाट पक्राउ परेका छन्। प्रहरीले उनीहरूबाट २० राउण्ड गोली समेत बरामद गरेको छ।
जिल्ला प्रहरीका अनुसार पक्राउ पर्नेमा दमक–६ का विश्व लिङ्देन, दमक–९ का सरोज पुरी र इलाम चुलाचुली–४ का पवन हाङसुङ्वा छन्।
प्रहरीको संयुक्त टोलीले दमक–८ स्थित डेराबाट सरोज पुरीलाई नियन्त्रणमा लिन खोज्दा उनको साथबाट चाइनिज टाइप–५४ पेस्तोल एक थान र १५ राउण्ड गोली फेला पारेको थियो। प्रारम्भिक सोधपुछपछि पुरीले अर्को हतियार विश्व लिङ्देनकहाँ रहेको बताएका थिए।
त्यसपछि प्रहरीले विश्व लिङ्देनलाई पक्राउ गर्दा उनले सो हतियार पवन हाङसुङ्वालाई २० हजार रुपैयाँमा बिक्री गरेको स्वीकारे। सोही आधारमा प्रहरीले हाङसुङ्वाको खेतमा पुगेपछि खाल्डोमा पुरेर राखिएको अवस्थामा अरू १ थान पेस्तोल र ५ राउण्ड गोली फेला पारेको छ।
बरामद दुवै पेस्तोल र २० राउण्ड गोलीसहित तीनै जनालाई आवश्यक कारबाहीका लागि काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,७ मंसिर ।नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा दुर्व्यवहारको प्रयास भएको छ।
इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन श्री एयरको १०:५० को उडानमार्फत विराटनगर पुगेका बस्नेत सवार गाडीमा प्रदर्शनकारीहरूले बेलुनको लोला र रङ हानेका छन्।
दुर्व्यवहारको प्रयासमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतम रहेका छन्। उनीहरूले बस्नेतको विरोधमा नाराबाजी समेत गरेका थिए।
बस्नेत भने विमानस्थलबाट इटहरीतर्फ अघि बढिसकेका छन् भने विराटनगर क्षेत्रमा अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। सुरक्षा व्यवस्थालाई कडा पारिएको छ।
यसअघि पनि सिमरा विमानस्थलमा एमाले महासचिव शंकर पोखरेल र महेश बस्नेतमाथि प्रदर्शनकारीहरूले विरोध जनाउँदै अवरोध गर्ने प्रयास गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,४ मंसिर । बाराको सिमरामा जेनजी युवामाथि कुटपिट गरेको अभियोगमा दुई जना वडाध्यक्ष पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा जितपुर–सिमरा उपमहानगरपालिका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा–६ का वडाध्यक्ष कैमोदिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
दुवै एमालेबाट निर्वाचित वडाध्यक्ष रहेका उनीहरूले हिजो सिमरामा भएको विवादका क्रममा जेनजी युवामाथि कुटपिट गरेको आरोप लागेको छ।
यस सम्बन्धमा जेनजी अगुवा सम्राट उपाध्यायले श्रेष्ठ, अन्सारीसहित ६ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटस्थित जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय प्रसाद र अरविन्द प्रकाश शाहविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
शिक्षकको जागिर मिलाइदिने भन्दै दुवैले साढे ४ लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परिएका थिए। अनुगमन तथा अनुसन्धानपछि उनीहरूले घुस रकम लिएको प्रमाणित भएको आयोगले जनाएको छ।
अख्तियारले दुवैलाई जनही साढे ४ लाख रुपैयाँ बिगो तोकेर प्रचलित कानुनअनुसार सजाय माग्दै मुद्दा दायर गरेको हो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२ मंसिर । आगामी मंसिर ७ गते देशव्यापी आन्दोलन गरेर देश ठप्प पार्ने चेतावनी दिइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार राति उनकै निवासबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रसाईंलाई सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा पक्राउ गरी परिसरमा ल्याइएको हो।
‘पछिल्लो समय प्रसाईंले सार्वजनिक ठाउँमा शान्ति भंग हुने किसिमका अभिव्यक्ति दिँदै आएका छन्। उनी कहिले के भन्छन् भन्ने स्पष्ट नभएकाले त्यसको अनुसन्धानका लागि पक्राउ गरिएको हो,’ एसपी भट्टराईले बताए।
सोमबार दिउँसो मात्र प्रसाईंले सिंहदरबार र सर्वोच्च अदालतमा लागेको आगलागी, ७५ जनाको मृत्यु, मल्ल होटल अगाडि सवारीसाधनभित्र बसेर भएको भनिएको वार्ता र बानेश्वरको घर छतबाट जेन-जी आन्दोलनको ‘अप्रेशन’ चलेको जस्ता दाबी प्रस्तुत गर्दै एक विशेष भिडियो सार्वजनिक गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३० कार्तिक ।आफ्नै छोराको हत्याको आरोपमा बाबू पक्राउ परेका छन् । आफ्नै छोरा १७ वर्षीय सफल लिम्बुको हत्या गरेको आरोपमा ५२ वर्षीय बखतसिंह लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ।
मिक्लाजुङ गाउँपालिका–८ भदौरेका बखतसिंहलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।
घर नजिकै बखतसिंहले भरूवा बन्दुकले प्रहार गर्दा सफल लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी चौकी दुर्दिम्बाबाट खटिएको टोलीले उनलाई हत्यामा प्रयुक्त भरूवा बन्दुकसहित पक्राउ गरेको जनाइएको छ।
घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ, २८ कार्तिक। गोली प्रहारबाट धनुषामा वडाध्यक्षको हत्या भएको छ। शुक्रबार मिथिला बिहारी नगरपालिका ९ का वडाध्यक्ष ४८ वर्षीय बिन्देश्वर यादवको हत्या भएको हो।
गाउँमा भोजभतेरको विषयमा दुई पक्षबीचको विवादको छुटाउन पुगेका वडाध्यक्ष यादवलाई स्थानीय शम्भु यादवले गोली प्रहार गरी हत्या गरेका हुन् । शम्भु नेपाल प्रहरीमा कार्यरत रहेको बताइएको छ ।
अभियुक्त शम्भुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयका अनुसार दुईपक्ष विवाद हुँदा शम्भुले वडाध्यक्षको छातीमा गोली प्रहार गरेका थिए । वडाध्यक्ष यादव स्वतन्त्रबाट निर्वाचित भएर पछि नेकपा एमाले प्रवेश गरेका थिए ।
उनको शव अहिले प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । अध्यक्ष यादवका दाजु रामवरण यादव र राजकिशोर यादवमाथि धारिलो हतियार प्रहार भएको छ । उनीहरूको उपचार भइरहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२८ कार्तिक । नेपालमा शंकास्पद गतिविधिमा संलग्न चार जना चिनियाँ नागरिकलाई अध्यागमन विभागले शुक्रबार नियन्त्रणमा लिएको छ। व्यावसायिक भिसामा नेपाल बसेका एक महिला र तीन पुरुषलाई काठमाडौंको सोह्रखुट्टे, म्हैपीस्थित मिलिजुली चोक (चाइनिज हाउजिङका नामले चिनिने क्षेत्र)बाट पक्राउ गरिएको विभागले बताएको छ।
अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार उनीहरूले व्यावसायिक भिसा लिएको भए पनि आफूहरूको व्यवसाय, कम्पनीको नाम वा सो सम्बन्धमा कुनै विवरण दिन नसकेका कारण उनीहरू गतिविधि शंकास्पद रहेको ठहरिएको हो।
प्रारम्भिक अनुसन्धान अनुसार ती व्यक्तिहरू आर्थिक रूपमा कमजोर नेपाली युवतीलाई जागिरको प्रलोभन देखाई टिकटक भिडियो बनाउन लगाउने, टिकटकमार्फत अन्य चिनियाँ नागरिकसँग ‘साथी–संबन्ध’ बनाइदिने र त्यसपछि विवाह गर्न दवाब दिने कार्यमा संलग्न रहेको खुलेको छ। विभागका अनुसार केही नेपाली युवतीलाई चीनमा लगेर विवाह गराइदिने प्रलोभनमा पठाइसकिएको पनि पाइएको छ।
उनीहरूले म्हैपीमा घर भाडामा लिएर नेपाली युवती राख्ने, नेपाललाई केन्द्र बनाएर युवतीहरूलाई अन्य मुलुकमा लैजाने तथा भ्रमण गराउने गतिविधि गरेको समेत अनुसन्धानमा खुलेको छ। नियन्त्रणमा परेकामध्ये दुई जना विगत १० वर्षदेखि पर्यटक, अध्ययन वा व्यवसायिक भिसामा ल्भउब िबसेको र छापा मार्दा उनीहरूले पासपोर्ट तथा भिसा देखाउन नसकेको, साथै अध्यागमन तथा सुरक्षाकर्मीलाई दुर्व्यवहार गरेको पुष्टि भएको विभागले जनाएको छ।
अध्यागमन ऐन, २०४९ अनुसार विदेशी नागरिकको प्रवेश, बसोबास र गतिविधि जुनसुकै बेला जाँच गर्न सकिन्छ। भिसा नियम उल्लङ्घन वा शंकास्पद गतिविधिमा संलग्न विदेशीलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्न, देश निकाला गर्न तथा पुनःप्रवेशमा रोक लगाउने कानुनी व्यवस्था छ।
प्रवक्ता ढकालका अनुसार भिसाको उद्देश्य विपरीत कार्य गर्ने वा गैरकानूनी रूपमा बसोबास गर्ने विदेशी नागरिकमाथि अध्यागमन कानूनबमोजिम कडा कारबाही हुने छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस