दाङ,२१ पुस । दाङमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–२ केराघारी निवासी २१ वर्षीय सुमन आले मगर रहेका छन्।
तुलसीपुर उपमहानगरपालिका–५ न्युरोडस्थित शिशिर गेष्ट हाउसमा लुकिछिपी बसेको अवस्थामा शुक्रबार राति आलेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् ।
उनका अनुसार सुमन आलेले पुस १२ गते बिहान तुलसीपुर–५ न्युरोडस्थित रुकमेली गेष्ट हाउसमा सामान्य विवादका क्रममा आफ्नी १७ वर्षीया श्रीमती खीमा परियारमाथि कुटपिट गरेका थिए।
कुटपिटबाट गम्भीर घाइते भएकी परियारलाई उपचारका लागि नेपालगञ्ज लगिएकोमा उपचारकै क्रममा पुस १८ गते उनको मृत्यु भएको थियो।
हत्या आरोपमा पक्राउ परेका आलेलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
जाजरकोट,१७ पुस । प्रहरीले भरुवा बन्दुकसहित पाँचजनालाई जाजरकोटबाट पक्राउ गरेको छ। अवैध सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बारेकोट गाउँपालिका–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहसहित छ जना सिकार खेल्न जंगल गएका थिए । सोही क्रममा प्रचण्डदेव सिंहलाई भरुवा बन्दुकको गोली लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।
घटनापछि प्रहरीले सोही ठाउँका ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की र १९ वर्षीय लालबहादुर सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधिकुमार खड्काले जानकारी दिए ।
पक्राउ परेकाहरूको साथबाट तीन थान भरुवा बन्दुक, दुई थान फलामको चक्कु, १३५ दशमलव १८ ग्राम बारुद तथा भरुवा बन्दुकमा प्रयोग हुने २१ थान धातुका टुक्रा बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १५ पुस । काठमाडौंबाट चोरी भई दाङ ल्याइएको ६४ लाख ८१ हजार रुपैयाँ नगद प्रहरीले तुलसीपुर उपमहानगरपालिका–६ गोलौराबाट बरामद गरेको छ। उक्त रकमसहित २४ वर्षीय दुर्गाबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चोरी भएको स्थानमा जडान गरिएको सिसिटिभी फुटेज र प्राप्त गोप्य सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। फुटेजबाट पहिचान भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुली नेतृत्वको टोलीले केसीको घर यकिन गर्दै निगरानी सुरु गरेको जनाएको छ।
प्रहरीले रातभर घरभन्दा केही टाढाबाट गोप्य निगरानी गरेपछि मंगलबार बिहान घरमा खानतलासी गरेको थियो। सो क्रममा लुकाइछिपाइ राखिएको ठूलो परिमाणको नगद फेला परेको हो। विद्युत भोल्टेजको समस्याका कारण मेसिनले गन्न नसकेपछि हातैले गणना गर्दा रकम ६४ लाख ८१ हजार रुपैयाँ रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
पेशाले प्लम्बर रहेका केसी सोमबार साँझ मात्र काठमाडौंबाट घर फर्किएको खुलेको छ। प्रारम्भिक अनुसन्धानमा उनले काठमाडौंको विशालनगरस्थित एक निजी घरबाट नगद चोरी गरेको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १५ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौरास्थित एक घरबाट स्रोत नखुलेको ६० लाख रुपैयाँभन्दा बढी नगद रकम बरामद गरिएको छ।
लक्ष्मी टोलमा रहेको दुर्गा केसीको घरबाट उक्त रकम बरामद गरिएको हो। बरामद गरिएको रकम हाल मेसिनमार्फत गणना गर्ने कार्य भइरहेको वडा अध्यक्ष दुजमान भण्डारीले जानकारी दिए।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मंगलबार बिहान करिब १० बजे दुर्गा केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हो। प्रारम्भिक अनुसन्धानमा काठमाडौंबाट आएका आफन्तले उक्त रकम घरमा ल्याएर राखेको बुझिएको छ।
प्रहरीले बरामद रकम चोरीको हुन सक्ने आशंका गरेको छ। स्रोतका अनुसार केसीले प्रारम्भिक बयानमा उक्त रकम काठमाडौंस्थित एक संस्थाबाट ल्याएको बताएका छन्। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१४ पुस। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एम्बुलेन्ससहित दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले आइतबार राति मोेरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा हवाई फायर गर्दै एम्बुलेन्समार्फत तस्करी भइरहेको ठूलो परिमाणको गाँजा नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार आइतबार राति करिब साढे ११ बजे धनकुटाबाट मोरङतर्फ आउँदै गरेको प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई शंका लागेपछि रोक्न खोजिएको थियो। तर प्रहरी देख्नासाथ एम्बुलेन्स चालक र सवार व्यक्ति फरार हुन खोजेपछि प्रहरीले बाध्य भएर १ राउण्ड हवाई फायर गरेको जनाएको छ।
घटनापछि एम्बुलेन्स चालक धनकुटाको सहिदभूमि गाउँपालिका–६ का ३५ वर्षीय निश्चल राई र सवार साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिए। एम्बुलेन्सभित्र लुकाएर राखिएको करिब ४८० किलो गाँजा पनि बरामद गरिएको छ।
यसअघि शनिबार राति पनि मोरङको जहदा गाउँपालिका–२ तारिगामामा प्रहरीले हवाई फायर गर्दै गाँजा तस्करीमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरेको थियो। सो क्रममा ३३० किलो गाँजासहित २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दुई दिनको अवधिमै ८ सय किलोभन्दा बढी गाँजा बरामद भएपछि मोरङ क्षेत्र गाँजा तस्करीको मुख्य ट्रान्जिट बन्दै गएको आशंका गरिएको छ। प्रहरीले एम्बुलेन्स, निजी सवारी र अन्य साधन प्रयोग गरेर हुने अवैध कारोबारमाथि कडाइका साथ निगरानी बढाइएको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१३ पुस। काठमाडौँको ठमेलस्थित वाल्डो क्यासिनोका सञ्चालक पक्राउ परेका छन्। भारतीय समूहले क्यासिनोमा चुम्बक जडित तास र बाहिरबाटै तास पढ्न सकिने लेन्स प्रयोग गरी जुवा खेल्दै ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन्।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार क्यासिनो सञ्चालक चिनियाँ नागरिक च्यान मिन चिङलाई सोही कसूरमा पक्राउ गरिएको हो।
उनलाई आइतबार म्याद थप गरी थप अनुसन्धान अघि बढाउने तयारी प्रहरीले गरेको छ।
यसअघि सोही घटनामा संलग्न आरोपमा चार जना भारतीय र दुई जना नेपाली नागरिक पक्राउ परिसकेका छन्। पक्राउ परेका नेपाली दुवै महिला रहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्ने भारतीय नागरिकमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह र प्रमोद मौर्य रहेका छन्। त्यसैगरी नेपाली नागरिक चिजा खड्का र भवाडी पाण्डे सोही क्यासिनोमा कार्यरत कर्मचारी रहेको जनाइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१२ पुस। प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणको गाँजा सहित कारोबार गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको हो । शनिबार चौदण्डीगढी नगरपालिका–३ स्थित पैतालिस चौकमा चेकजाँचका क्रममा गाँजा बोकेको बोलेरो गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
उदयपुरका प्रहरी प्रमुख एसपी राजन चापागाईंका अनुसार चौदण्डीगढीबाट गाईघाटतर्फ जाँदै गरेको को।१ ज ३४५६ नम्बरको बोलेरो गाडीलाई रोकेर जाँच गर्दा गाडीभित्र ३० वटा बोरामा लुकाइछिपाइ राखिएको ७६३।७०० किलोग्राम लागूऔषध गाँजा बरामद गरिएको हो।
गाँजा तस्करीमा संलग्न बोलेरो चालक बेलका नगरपालिका–६ निवासी रविन कुमार राई र गाडीमा सवार बेलका नगरपालिका–९ निवासी रामबहादुर राईलाई घटनास्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उदयपुरको बाटो प्रयोग गरी गाँजा अन्य जिल्लातर्फ ओसारपसार गर्ने उद्देश्य रहेको हुन सक्ने प्रहरीको अनुमान छ।एसपी चापागाईंले लागूऔषध ओसारपसारविरुद्ध जिल्लाभर कडाइका साथ निगरानी बढाइएको बताए। उनले लागूऔषधले समाजमा गम्भीर असर पार्ने भएकाले यसको नियन्त्रणमा प्रहरी प्रतिबद्ध रहेको स्पष्ट पारे।
बरामद गरिएको गाँजा, बोलेरो गाडी तथा पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेल्टारमा राखी थप अनुसन्धान भइरहेको छ। उनीहरूविरुद्ध लागूऔषधसम्बन्धी मुद्दामा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। पछिल्लो समय धनकुटा, भोजपुर र खोटाङजस्ता पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा सुनसरी र उदयपुरको बाटो हुँदै भारततर्फ तस्करी हुने क्रम बढ्दै गएको प्रहरीको भनाइ छ।
२२ सय व्यक्ति फरार सूचिमा
अर्घाखाँची,१२ पुस। अर्घाखाँचीको शितगंगा नगरपालिकामा वेवारिसे अवस्थामा विभिन्न प्रकारका हातहतियार तथा विष्फोटक पदार्थ फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसीको कमान्डमा खटिएको गस्ती टोलीले बिहीबार शितगंगा नगरपालिका–११ बोक्सेमा ती सामग्री बरामद गरेको हो। ग्रामीण गस्तीका क्रममा बोक्सेमा रहेको पुरानो, कोही नबस्ने गोठ (थारो) भित्र लुकाइएका अवस्थामा हतियार तथा विष्फोटक फेला परेका प्रहरीले जनाएको छ।
बरामद सामग्रीमा भरुवा बन्दुक २ थान, ग्रिनेट १४ थान, डेटोनेटर १२ थान, करिब २५ इन्च लामो प्लास्टिकको पाइपबाट बनेको लन्चर जस्तो देखिने पदार्थ ३ थान, ५ लिटरको प्रेसर कुकर बम १ थान, स्टिलको डल्लु बम १ थान, विद्युतीय तार ४ बण्डल र करिब ५०० ग्राम बारुद रहेको डिएसपी जिसीले जानकारी दिनुभयो।
भरुवा बन्दुक २ थान बाहेक अन्य सबै विष्फोटक पदार्थ नेपाली सेनाको सहयोगमा सुरक्षित रूपमा डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,११ पुस । प्रहरी हिरासतमा रहेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन हिरासतमुक्त भएका छन् । सरकारी वकिलको कार्यालयले छाड्ने निर्णय गरेपछि उनलाई रिहा गरिएको हो ।
प्रहरीका अनुसार शेरचनलाई उनकी श्रीमती र कानुन व्यवसायीको जिम्मा लगाएर रिहा गरिएको छ ।
शेरचनसँगै प्रभु बैंकका अन्य कर्मचारी पनि आजै हिरासतमुक्त भएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, ११ पुस । ६० केजी सुन तस्करी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ।
यस प्रकरणमा चिनियाँ नागरिक गेन्जा झाछी, मिङसिङ टेरेन्स सी, मनोजराज श्रेष्ठ तथा भारतीय नागरिक बैजनाथ ब्रह्मादत्त गोयलले दायर गरेका निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज ढकालको इजलासमा सुनुवाइ हुन लागेको हो।
यसअघि २०८१ असार २६ गते काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशलाई उच्च अदालत पाटनले पनि सदर गरेपछि उनीहरूले दफा ७३ अन्तर्गत सर्वोच्च अदालतमा निवेदन दायर गरेका हुन्।
चिनियाँ गिरोहले मोटरसाइकलको ब्रेक सुको स्वरूपमा भित्र्याएको ६० किलोभन्दा बढी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास भएर बाहिरिँदै गर्दा राजस्व अनुसन्धान विभागले २०८० साउन २ गते बरामद गरेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस