विदेशी नागरिकबाट कोकिन बरामदः तीन जना पक्राउ

   पुष १०, २०८२       admin


काठमाडौँ,१० पुस। हवाई मार्गबाट नेपाल प्रवेश गरेका विदेशी नागरिकको पेटमा लुकाइएको कोकिन बरामद भएको छ। अन्तर्राष्ट्रिय लागु औषध कारोबारी गिरोहको निगरानीका क्रममा प्रहरीले तीन जना विदेशी नागरिकलाई पक्राउ गरी कोकिन जस्तो देखिने सेतो पदार्थ बरामद गरेको हो।

प्रहरीका अनुसार लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी ४० वर्षीया थाई नागरिक मिस रुसेनी कामालाई विशेष सूचनाका आधारमा सिनामंगलको एक होटलबाट फेला पारिएको थियो। खानतलासी गर्दा उनको साथबाट १२ वटा प्लास्टिकले बेरिएका क्याप्सुलभित्र कोकिन जस्तो देखिने सेतो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

थप अनुसन्धानका क्रममा उनले मुखबाट निलेर पेटभित्र लुकाएको अन्य २९ वटा क्याप्सुल स्वास्थ्यकर्मीको सहयोगमा अस्पतालमा निकालेर बरामद गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, लाओसबाट सिंगापुर हुँदै काठमाडौं आएका ५५ वर्षीय भारतीय नागरिक जाभिर र उनीसँगै रहेका २१ वर्षीय भारतीय नागरिक मुर्सालेन हुसेनलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूको सुटकेसभित्र रहेको कफी प्याकेटमा लुकाइएका तीन केजी ७५० ग्राम कोकिन जस्तो देखिने पदार्थ बरामद भएको छ।

पक्राउ परेका तीनै जनामाथि लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले अन्तर्राष्ट्रिय लागु औषध कारोबारी गिरोहविरुद्ध निगरानी अझ कडा बनाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नख्खु कारागारबाट फरार दाङका युवक पक्राउ

   पुष १०, २०८२       admin


दाङ,१० पुस। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका दाङका एक युवक पक्राउ परेका छन्।

दाङको राप्ती गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–२६ मा बस्दै आएका २२ वर्षका आकाश मगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। मगर कर्तव्य ज्यान मुद्दाका प्रतिवादी हुन्।

प्रहरीका अनुसार मगरले पर्सा ठोरी गाउँपालिका–५ सुर्वणपुर घर भई हाल बालाजु मनमैजु बस्दै आएका २५ वर्षका सुरज तामाङको असोज ६ गते धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। घटनापछि फरार रहेका मगरलाई रोल्पा प्रहरीको समन्वयमा रोल्पा नगरपालिका–१० धाङसीबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार मगरविरुद्ध यसअघि पनि अभद्र व्यवहार, लागूऔषधसम्बन्धी मुद्दा, चोरी तथा ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भइसकेका छन्।

पक्राउ परेका मगरमाथि थप अनुसन्धान भइरहेको र घटनासम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

निकास खोजेर मात्रै निर्वाचनमा जानुपर्छ: विप्लव

   पुष १०, २०८२       admin

काठमाडौ,१० पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा देखिएका राजनीतिक, प्रशासनिक तथा कानुनी जटिलता समाधान नगरी निर्वाचनमा जानु उपयुक्त नहुने जनाएको छ ।

नवौँ केन्द्रीय समितिको चौथो विशेष बैठकका सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव नेत्रविक्रम चन्दले समस्या यथावत् राखेर गरिने निर्वाचनले देशलाई निकास नदिने स्पष्ट पारे ।

महासचिव चन्दले समाजवादी सङ्घीयताअनुरूप राज्य संरचना निर्माण गर्नुपर्ने, अग्राधिकारसहितको सङ्घीय व्यवस्था लागू गर्नुपर्ने र राज्यका सबै अङ्गलाई जनताले अपनत्व महसुस गर्ने गरी पुनःसंरचना गर्नुपर्ने पार्टीको दृष्टिकोण रहेको बताए ।

अन्तरिम कालको नेतृत्व आफ्नो पार्टीलाई दिइए आन्दोलनकारी जनता सहित सबै राजनीतिक शक्तिलाई स्वीकार्य हुने गरी निकास खोजिने उनको भनाइ थियो । यदि त्यो सम्भव नभए राजनीतिक शक्तिहरूबीच सहमतिका आधारमा उपयुक्त समाधान निकाल्नुपर्ने उनले जोड दिए ।

जेन–जी विद्रोहपछि पनि जनताले उठाएका मुद्दाहरू सम्बोधन हुन नसक्नु दुःखद भएको उल्लेख गर्दै उनले सरकारलाई निर्वाचनमा मात्र केन्द्रित नहुन आग्रह गरे ।

भ्रष्टाचार अन्त्य, भ्रष्टाचारीलाई कारबाही र सुशासन प्रवर्द्धनमा गम्भीर रूपमा लाग्नुपर्ने उनको सुझाव थियो ।
महासचिव चन्दले भ्रष्टाचारको अन्त्य, संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था जेन–जी आन्दोलनको मुख्य म्यान्डेट भएको स्मरण गराउँदै पछिल्लो अन्तरिम सरकारले चुनावलाई मात्रै प्राथमिकता दिँदा ती एजेन्डा ओझेलमा परेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ठमेल हत्या: रोल्पाका आकाश मगर पक्राउ

   पुष ०, २०८२       admin

दाङ, ९ पुस । काठमाडौँको ठमेलमा एक युवकको हत्या गरेर फरार भएका एक कैदी रोल्पाबाट पक्राउ परेका छन्। मकवानपुर घर भएका २५ वर्षीय सुरज तामाङको हत्या आरोपमा फरार रहेका आकाश मगरलाई रोल्पा नगरपालिका–१० धाङ्सीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

प्रहरी निरीक्षक सुनिल थापाका अनुसार मगरलाई सोमबार दिउँसो करिब २ बजे पक्राउ गरी आवश्यक प्रक्रिया पूरा गरेर काठमाडौँ पठाइएको छ। मकवानपुर घर भई हाल मनमैजु बस्दै आएका तामाङलाई गत असोज १३ गते मगरले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

उपचारका लागि वीर अस्पताल पुर्‍याइएका तामाङलाई चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार पुरानो रिसइबीका कारण हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

मगर लुटपाट तथा डकैतीको कसुरमा कारागार चलान भएका व्यक्ति हुन्। उनी २४ भदौमा जेन–जी आन्दोलनका क्रममा कारागारमा भएको तोडफोडपछि फरार भएका थिए।

पक्राउ परेका मगरले आफ्नो ठेगाना स्पष्ट रूपमा नबताए पनि उनी रोल्पाकै बासिन्दा भएको प्रहरीको भनाइ छ। यसअघि पनि नख्खु कारागारबाट फरार भएका काभ्रे निवासी सन्तबहादुर तामाङले आफ्नै श्रीमती मनिषा तामाङको हत्या गरेको घटना सार्वजनिक भएको थियो

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेसंविका उपकुलपतिमाथि आक्रमण : दाङ कांग्रेसले गर्‍यो दोषीलाई कारबाहीको माग

   पुष ०७, २०८२       admin


दाङ, ७ पुस । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपाल, उनका स्वकीय सचिव चोलेन्द्र रिजाल तथा कर्मचारी संघका पूर्व अध्यक्ष खिमबहादुर केसीमाथि गरिएको आक्रमण तथा दुव्र्यवहारप्रति नेपाली कांग्रेस दाङले गम्भीर आपत्ति जनाएको छ ।

नेपाली कांग्रेस दाङले सोमबार जारी गरेको विज्ञप्तिमा पुस ६ गते आइतबार बिहान करिब ८ः३० बजे बेलझुण्डीस्थित उपकुलपतिको आवास क्षेत्रमा प्रवेश गरी अज्ञात समूहले उपकुलपतिसहित तीन जनामाथि आक्रमण र दुव्र्यवहार गरेको घटनाको घोर निन्दा गरेको छ ।

कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीद्वारा जारी विज्ञप्तिमा देशकै प्रतिष्ठित शैक्षिक संस्थाका जिम्मेवार व्यक्तिहरूमाथि भएको आक्रमणलाई अराजक, असभ्य र कानूनविपरीत कार्यका रूपमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “शैक्षिक संस्थाका सम्मानित व्यक्तिहरूमाथि गरिएको आक्रमण कानून र विधिको ठाडो उल्लंघन हो ।”

यस्ता गतिविधिले विश्वविद्यालयको पठनपाठन वातावरणमा गम्भीर असर पार्नुका साथै समाजमा नकारात्मक सन्देश जाने कांग्रेस दाङको ठहर छ ।
कांग्रेस दाङले घटनामा संलग्न व्यक्तिहरूको यथाशीघ्र पहिचान गरी कानूनबमोजिम कडा कारबाही गर्न माग गर्दै विश्वविद्यालयमा सुरक्षित र शान्तिपूर्ण शैक्षिक वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ

   पुष ०७, २०८२       admin

दाङ,७ पुस। दाङमा लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुकुम (पूर्व) पुथा उत्तरगंगा गाउँपालिका–१२ का २६ वर्षीय सुजन परियार, नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजी बस्ने ३८ वर्षीय इमरान सिद्दिकी हलवाई र नेपालगन्ज–८ ज्वलाहापुर बस्ने ३८ वर्षीय नुरुद्दिन अन्सारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार उनीहरूलाई फरक–फरक समय र स्थानबाट पक्राउ गरिएको हो ।
सुजन परियारलाई सोमबार दिउँसो करिब २ बजे लमही नगरपालिका–५ स्थित बसपार्कबाट पक्राउ गरिएको हो ।

लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा गरिएको चेकजाँचका क्रममा उनको साथबाट १३ ग्राम २९० मिलिग्राम परिमाणको दुई पुडिया ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । परियारलाई दाङ जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

त्यसैगरी इमरान सिद्दिकी हलवाई र नुरुद्दिन अन्सारीलाई आइतबार दिउँसो करिब ४ बजे राप्ती गाउँपालिका–५ अन्तर्गत पूर्व–पश्चिम राजमार्गको कालापानी सडक खण्डबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट ३१ ग्राम १६० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको डीएसपी शाहले जानकारी दिए ।

दुवै जनालाई दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालोमोसो दलेर कुटपिट

   पुष ०६, २०८२       admin

दाङ,६ पुस । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालमाथि अनेरास्ववियू (क्रान्तिकारी) निकट विद्यार्थीले मोसो दल्नुका साथै कुटपिट गरेका छन्।

आइतबार बिहान ५/६ जनाको समूहमा आएका अखिल (क्रान्तिकारी)का विद्यार्थीले बेलझुण्डीस्थित निवासमा पुगेर उपकुलपति नेपालमाथि दुर्व्यवहार र कुटपिट गरेको विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले जानकारी दिए।

घटनामा उपकुलपति नेपालसँगै विश्वविद्यालयका अन्य दुई कर्मचारी पनि कुटपिटमा परेका जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठले बताए। घटनामा संलग्न विद्यार्थीहरूको खोजी भइरहेको र आवश्यक अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए।

विद्यार्थीहरूले उपकुलपति नेपालमाथि भ्रष्टाचारको आरोप लगाउँदै मोसो दल्ने र कुटपिट गरेको जनाइएको छ। घटनाका क्रममा उनीहरूले नेकपा (बहुमत) र अनेरास्ववियू (क्रान्तिकारी) पक्षधर नारा समेत लगाएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कञ्चनपुर कारागारमा झडपः आठ कैदीबन्दी घाइते

   पुष ०५, २०८२       admin

कञ्चनपुर, ५ पुस। कञ्चनपुर कारागारमा कैदीबन्दीबीच भएको झडपमा आठ जना घाइते भएका छन् । शुक्रबार साँझ कारागारको आन्तरिक प्रशासन सञ्चालन गर्दै आएका नाइके र चौकीदारसँग अन्य कैदीबन्दीबीच विवाद बढ्दै जाँदा झडपको अवस्था सिर्जना भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहराका अनुसार झडपमा घाइते भएका सबै कैदीबन्दीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नाइके र चौकीदारले व्यवहारमा विभेद गरेको आरोपपछि विवाद सुरु भएको थियो । सो विवाद नियन्त्रण बाहिर गएपछि झडपमा परिणत भएको बताइएको छ । हाल कारागारको अवस्था सामान्य रहेको र सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले घटनाको छानबिन गर्न समिति गठन गरिने जानकारी दिएका छन् । उनले कारागारको आन्तरिक प्रशासनमा देखिएका कमजोरीबारे छानबिन गरी आवश्यक सुधारात्मक कदम चालिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा तीन जना पक्राउ

   पुष ०४, २०८२       admin

काठमाडौं ,४ पुस। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ मा बस्दै आएका कपिलवस्तु शिवराज नगरपालिका–५ का ५४ वर्षीय पवित्र प्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने ३३ वर्षीया बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका–९ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बस्ने २५ वर्षीय साइरज सुबेदी रहेका छन्।

प्रहरीका अनुसार पवित्र प्रकाश अधिकारीले अल्बानिया पठाइदिन्छु भन्दै चार जना पीडितबाट १९ लाख रुपैयाँ, बबिता विश्वकर्माले क्यानडा पठाइदिन्छु भन्दै दुई जना पीडितबाट १९ लाख रुपैयाँ तथा साइरज सुबेदीले अमेरिका पठाइदिन्छु भन्दै तीन जना पीडितबाट ११ लाख १४ हजार ५ सय रुपैयाँ लिई ठगी गरेको आरोप छ।

पीडितहरूले उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले पवित्र प्रकाश अधिकारी र बबिता विश्वकर्मालाई काठमाडौं महानगरपालिका–३२ बाट तथा साइरज सुबेदीलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बाट पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

काठमाडौंका स्पा र होटलबाट आठ बालिकाको उद्धार: पाँच जना पक्राउ

   पुष ०४, २०८२       admin

काठमाडौं,४ पुस। नेपाल प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्पा, होटल तथा मनोरञ्जन स्थलबाट आठ जना नाबालिकाको उद्धार गरेको छ। नाबालिकालाई यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा पाँच जनालाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ।

ब्यूरोले बिहीबार सार्वजनिक गरेको जानकारीअनुसार अनुसन्धानका क्रममा नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य भइरहेको पाइएपछि प्रहरी कारबाहीमा उत्रिएको हो। सोही क्रममा विभिन्न स्थानबाट आठ जना बालिकाको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।

पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१३ का ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका–१२ की ४० वर्षीया गीताकुमारी आचार्य, सल्यान कुमाख गाउँपालिका–४ का ४५ वर्षीय गोविन्द बुढाथोकी, बझाङ छबिसपाथीभेरा गाउँपालिका–१ का ४२ वर्षीय हरिभक्त गिरी र कैलाली गौरीगङ्गा नगरपालिका–६ का ४९ वर्षीय भीमबहादुर साउद रहेका छन्।

काठमाडौं उपत्यकाका विभिन्न डान्सबार, क्लब, दोहोरी सेन्टर, खाजाघर, स्पा सेन्टर तथा गेस्टहाउसहरूमा आर्थिक लाभ लिई नाबालिकालाई यौनशोषण र वेश्यावृत्तिमा संलग्न गराउने गरिएको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले छापा मारेको हो।

प्रहरीले ठमेलस्थित गोल्डेन स्पा, चावहिलस्थित फायर लाउन्ज एण्ड क्लब, बौद्धस्थित लक्की स्पा, मित्रनगरस्थित सुदूरपश्चिम खाजाघर तथा खप्तड सुदूरपश्चिम गेस्टहाउसबाट ती बालिकाको उद्धार गरेको जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई मानव बेचबिखन तथा बालबालिकाविरुद्धको कसूरसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology